राजनीति

सिंहदरबार प्रवेशमा कडाई- फोन र अनलाइन पास बन्द, कर्मचारीलाई बाहिर जान निषेध

काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भैरहेपछि मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबार प्रवेशमा कडाई गरिएको छ । सामान्य कामदेखि भेटघाटका लागि समेत पास चाहिने सिंहदरबारमा अब फोन र अनलाइन पास बन्द गरिएको छ ।

सिंहदरवारमा भेटघाटका लागि मात्रै आउजाउ गर्नेहरुलाई नियन्त्रण गर्न प्रवेश कडाइ गरिएको महानगरी प्रहरी प्रभाग सिंहदरवारका डीएसपी सुवासचन्द्र बोहराले बताउनुभया । उहाँका सामान्य खालका भिजिटरलाई रोकिएको । ‘सम्बन्धित कार्यालयले पत्र लेखेर पठाएको अवस्थामा भने महत्वपूर्ण काममा आउने भिजिटरलाई रोकिँदैन ।

प्रहरीले सिंहदरवारभित्र निर्माणाधिन भवनमा काम गर्ने कामदारलाई पनि भित्रबाहिर गर्न नदिने जानकारी गराएको छ । कामदार भित्रबाहिर आउजाउ गर्दा संक्रमण जोखिम रहेकाले त्यस्ता कामदारको आवागमनमा पनि कडाइ गरिएको हो ।

बोहोराले चियाखाजा र सामान्य भेटघाटका लागि अनावश्यक भीड बढेपछि जोखिम अवधिभर कडाइ गरिने बताउँदै सिंहदरवारभित्र निर्माणाधिन भवनमा काम गर्ने कामदारलाई पनि भित्रबाहिर गर्न नदिने जानकारी गराउनुभएको छ । त्यस्तै कर्मचारीको सवारीमा सिंहदरवार प्रवेश गर्ने अन्य आगन्तुकलाई पनि रोक्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.