प्रधानमन्त्री ओली 'क्लोज कन्ट्याक'मा, प्रचण्डका ६ सुरक्षाकर्मी संक्रमित
प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमितको क्लोज कन्ट्याकमा रहनुभएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक’को सूचीमा पर्नुभएको हो ।
मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका बेला समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको गत शनिबार नै परीक्षण भइसकेको बताउनुभएको छ । बालुवाटारमा भएका सुरक्षाकर्मीको समेत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले जानकारी दिनुभएको छ ।
यसै गरी सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डको निजी सुक्षा दलका छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।
अध्यक्ष प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया राख्नुहोस्