जल/वातावरण

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएको आशंका भैरहेका बेला मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । साउन २३ गते यता मंगलबार उपत्यकाको तीन जिल्लामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा मात्रै १ सय १० जना छन् भने ललितपुरमा १६ र भक्तपुरमा आठ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशभर फेला परेका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी रहेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडौंका २८ जना, ललितपुरका एक र भक्तपुरका चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल–टेकुमा काठमाडौंका २० जना र भक्तपुरका दुई तथा त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडौंका १३, ललितपुरका एक र भक्तपुरका एकजना सङ्क्रमित पुष्टि भएको छ ।

त्यस्तै पाटन अस्पताल, ललितपुरमा काठमाडौं र ललितपुरका आठ/आठ जना तथा स्टार अस्पताल–सानेपामा काठमाडौंका १४ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।

बीआईडीएच ल्याबमा काठमाडौं र ललितपुरका दुई/दुई जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका चार जना र भक्तपुरका एक, वीर अस्पतालमा काठमाडौंका तीन जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका पाँच, काठमाडौं मेडिकल कलेजमा काठमाडौंका दुई तथा हयाम्स अस्पतालमा काठमाडौंका आठ र ललितपुरका एकजनामा सङ्क्रमणको पुष्टि भएको छ ।

वीरेन्द्र अस्पतालमा काठमाडौंका तीन तथा भेरी अस्पताल–नेपालगञ्जमा ललितपुरका दुईजनामा सङ्क्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.