राजनीति

खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाइ जनतालाई राहत दिन सरकासँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई ‘इन्डक्सन’ चुलोलगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरेको छ ।

बैठकले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानले भोग्नु परेको सास्तीको स्थायी समाधान गर्न माग गरेको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि सुरु भएको बैठकमा आज २२ जना केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्नु भएको थियो । छलफलको क्रम जारी रहेको छ ।

बैठक मङ्गलबार बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.