जन सरोकार

नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान

हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ ।

हेटौँडा उपमहानगर

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भन्नुभयो “हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो । यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी रचना हुुनुपर्छ ।”

नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रुपमा आफूहरूले विकास गर्न चाहेको नगरप्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।

“हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्नेगरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सृजनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ ।

चालु आव २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.