अर्थ

एक हजार दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ३५ ले घटेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार सात सय ७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज सुन प्रतिऔंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.