जन सरोकार

चारजनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ ।

फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो।

उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रदान गर्नुभएको थियो । उहाँले पत्रकारको कामको योगदानको कदर गर्दै सम्मान गर्नु राम्रो कार्य भएको र यसले आफ्नो काममा थप हौसला मिल्ने बताउनुभयो ।

फोनिजले यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरेको छ । कार्यक्रममा फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिं कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले तथा मोहनसिं लामालाई अभिनन्दनसमेत गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.