राजनीति

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्नेछ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा बुधबार यहाँ आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताउनुभयो ।

सभापति लामिछाने भन्नुभयो, “विश्वका धेरै देशहरूले देखेको सपना र सोचेको युवा नेतृत्वको विषय नेपालले व्यवहारमै हासिल गरेको छ । यस अघि मुलुकको राजनीतिमा युवा नेतृत्व भएन भनेर गुनासो गरिएको थियो, तर अहिले मुलुक हाक्ने नेतृत्व नै युवा भएकाले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मुलुकको राजनीतिमा हाल नेपालले विश्वकै वीरलै अवसर पाएको उल्लेख गर्दै उहाँले अब युवाका सपना साकार हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

युवामा तत्काल परिणाम खोज्ने बानी देखिएको बताउँदै उहाँले युवा नेतृत्व सफल भएन भने भविष्यका लागि समेत आरोप लाग्नेतर्फ सबै सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार गठन भएको चार महिना मात्र भएको र यस अवधिमा मुलुकको उज्ज्वल भविष्यको बलियो जग निर्माणको काम भइरहेको बताउँदै उहाँले सरकारले अहिले विभिन्न निकाय र संस्थामा योग्य र सक्षम व्यक्तिलाई काम गर्ने अवसर प्रदान गरिरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.