जन सरोकार
पत्रकार किशोर श्रेष्ठ पक्राउ
पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था डटकमका सञ्चालक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको बताउनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ ।
श्रेष्ठविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । उनलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउने तयारी छ ।




प्रतिक्रिया राख्नुहोस्