बिशेषराजनीति

नेपालमा बसेर ‘फ्रि तिब्बत’को नारा लगाउन पाइँदैन (भिडियोसहित)

राष्ट्रियसभाका सांसद विष्णुबहादुर विश्वकर्माले नेपालमा बसेर फ्रि तिब्बतको पक्षमा नारा लगउन नपाइने बताउँदै यस्ता गतिविधि गर्ने ‘टीओबी’लाई चीन फर्काउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बिहिबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारका गतिविधिको चर्को आलोचना गर्दै देशको कूटनीति र नेपाल चीनको सम्बन्धमै दख्खल पुर्याउने गतिविधि नियन्त्रण गर्नुपर्ने भन्दै सो कुरा बताउनुभएको हो ।

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले विगतका सरकारलेभन्दा विपरीत काम गरेको आरोप लगाउँदै विश्वकर्माले पहिलेको सरकारले गरीबका लागि बजेट ल्याएको, अहिलेको सरकारले धनीका लागि, पहिलेको सरकारले गरीबको निःशुल्क उपचार गरेको, अहिलेको सरकारले कर लिएको आरोप लगाउनुभयो ।

उहाँले पहिलेको सरकारले राष्ट्रियता जोगाएको तर वर्तमान सरकारले राष्ट्रियता जोखिममा पारेकाले आम जनता अहिले पुरानै ठीक रहेछन् भन्न थालेको दावी गर्दै सरकारका गतिविधिले जेनजी आन्दोलनपछिको परिवर्तनको अर्थ स्थापित नभएको रउल्टै जनताले पुरानै ठीक भन्न थालेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.