जन सरोकार

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति  पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । उनीहरुको शव बिहीबार छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो । शवको पहिचान भइसकेको छ ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर बेपत्ता रोल्पाको थवाङ  गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव भेटिएको हो । पहिरोमा परेर तीन जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.