राजनीति

अध्यक्षद्वयको सहमति नै पार्टी बिधि : कार्यदल गठनका लागि सचिवालयको धन्यवाद

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र लामो समयदेखि मडारिएको अन्तरकलह समाधानका लागि अध्यक्षद्वयले लिएको पहलकदमी र कार्यदल गठनलाई सकारात्मक ठहर गर्दै सचिवालयले धन्यवाद दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षद्यको सहमति नै सहमति हुने बिधिमा फर्कदै धन्यवाद दिएको हो ।

पार्टी एकताको बेला भएको सहमति र बिधानमा गरिएको ब्यवस्थाअनुसार अध्यक्षद्वयको सहमति नै निर्णय हुने बिधि र पद्धतीमा फर्किएको छ । सोमबार सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको सहमतिलाई नै अनुमोदन गर्दै नेकपा बिधि र पद्धतीको बाटोमै फर्किएको हो ।

नेकपामा लामो समयदेखि बिधि र पद्धतीका नाममा पार्टी बिभाजनकै खेल भएको थियो । यो खेल सुनियोजित रुपमै रहेको सूचना पाएपछि ओली र प्रचण्डले थप ढिलाइ नगर्ने निश्कर्षका साथ महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदल गठनपछि नेकपाभित्र भिडाउन चाहने शक्तिहरु मर्माह तबनेको बेला आज सचिवालय बैठक बसेको हो । बैठकले दुई अध्यक्षको कामको उच्च प्रसंसा पनि गरेको छ ।

बैठकले छिटो भन्दा छिटो काम सम्पन्न गर्न आग्रह पनि गरेको छ । बैठकले यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले कार्यदललाई टिओआर दिनुपर्ने कुरा भने उठेन ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, बैठकमा कार्यदललाई सफल बनाउन सवै लाग्नुपर्न भन्ने कुरा भयो, पार्टीको संकट निवारणका निम्ति दुई अध्यक्ष कमरेडहरुले आफ्नो सहयोगको निम्ति कार्यदल गठन गर्नुभएको हो, त्यो कार्यदलले उहाँहरुलाई नै प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले सचिवालयमा प्रस्ताव ल्याउने भएकोले अनुमोदन गर्नू नै सही हो भन्ने बैठकले सर्वसम्मत निश्कर्ष निकाल्यो । प्रवक्ता श्रेष्ठका अनुसार दुई अध्यक्षले दुई अध्यक्षले आवश्यकताअनुसार सचिवालय वा स्थायी कमिटीमा सहमतिको खाका ल्याउनु हुनेछ ।

गत साउन ३ गतेको सचिवालय बैठकले महाधिवेशनमा जाने निर्णयसहित दुई अध्यक्षलाई प्रस्ताव ल्याउन आग्रहसहित स्थगित गरिएको थियो । साउन ४ गते बस्ने सचिवालय बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन प्रस्तुत हुने बताइए पनि समीकरणको खेल सुरु भएपछि सचिवालय बैठक नै बस्न सकेको थिएन । सचिवालय बैठक बस्न नसकेपछि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक पनि स्थगित भएको थियो ।

झण्डै एक महिनापछि अध्यक्षद्वयको सहमतिमा सचिवालय बैठक बसेपछि नेकपाको कोर्स पुनः सही ट्रयाकमा फर्किएको छ । यसअघि दुवै अध्यक्ष पहिला सचिवालय बैठक कि स्थायी कमिटी बैठक बस्ने भन्ने बिवादमा उभिनुभएको थियो । तर पछिल्लो पटक दुई दिन भएको छलफलमा दुवै अध्यक्ष सहमत भएर कार्यदल गठन गरेपछि सचिवालय बैठक बसेको हो । सचिवालय बैठकपछि अव स्थायी कमिटी बैठक बसेर कार्यदलको सुझावका आधारमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावअनुसार निर्णय लिने तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.