जन सरोकार

निषेधाज्ञामा सयौं जम्मा भएर भीड गरेपछि गर्नुपर्यो हवाई फायर

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएका चीनवमा मान्छेको भीड हटाउन गर्न प्रहरीले हवाई फायर गर्नुपरेको छ । चितवनको राप्ती नगरपालिकाको पिप्लेमा ढुंगाको निहुँमा विवाद हुँदा हवाई फायर भएको हो ।

चितवन प्रहरीका अनुसार निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको र भीड हटाउन हवाई फायर गर्नु परेको हो ।

आइतबार एक महिलाले त्यहाँ रहेको एउटा ढुंगा पूजाको लागि लगेको र सोमबार केही स्थानीयहरूले आफ्नो ठाउँको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भीडभाड गरेका थिए ।

निषेधाज्ञाको समयमा भीड गरेको र हटाउने प्रयास गर्दा वादविवाद भएपछि झण्डै सयजना मानिस जम्मा भएका थिए ।

निषेधाज्ञामा यसरी सयौंको भीड जम्मा भएपछि भीडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको ईलाका प्रहरी कार्यालय भन्डाराका प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी दिनुभयो ।

उता बारामा माछा मार्ने विषयमा झडप हुँदा १३ राउण्ड हवाई फायर भएको छ । सोमबार बिहान १० बजे सिम सिम्रौनगढ नगरपालिका ११ र आदर्शकोतवाल गाउँपालिका– ६ को सीमानामा माछा मार्ने विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्थानीय प्रहरीले धान्न नसक्ने भएपछि जिल्ला प्रहरीबाट खटिएको थियो ।

माछा मार्ने विषयमा दुई गाउँका स्थानीय करिब ११ सय जना जतिबीच झडप हुन लागेपछि प्रहरीले नियन्त्रणमा लिन नसक्ने भएपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो ।

प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । उनीहरूले गरेको ढुंगामुढा गर्दा तीनजना प्रहरी घाइते समेत भएको एसपी पंगेनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.