जल/वातावरण

सोमबार थपिए देशभर ५ सय ८१ जना संक्रमित : उपत्यकामा मात्रै १ सय ६८

सोमबार नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन् । त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका ५ सय ८१ जनामध्ये छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ सय ६८ जना रहेका र उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन् । यी सहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ । हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.