जल/वातावरण

निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी हप्ता देखिने, संक्रमण दर कम हुने दावी

कोरोना भाइरस संक्रमण एक्कासी बढेपछि अहिले देशका ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको छ र यो कदम सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । त्यस्तै उनीहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने बताएका छन् ।

हाल काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाडले कोरोना संक्रमण विस्तारमा सहयोग पुगेको विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले उपत्यकामा निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिने बताउँदै निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुने दावी गर्नुभयो ।

त्यस्तै निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आँकलन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को छ । महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेका अनुसार राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन । तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।

त्यसो त पाण्डे उपत्यकामा करिब ४ हजार संक्रमित देखिए पनि वास्तविक संक्रमितको संख्या योभन्दा बढी रहेको अनुमान गर्नुहुन्छ ।

निषेधाज्ञाका कारण राजधानीबाहिर भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ । त्यस्तै निषेधाज्ञाको मौकामा संक्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्नसमेत सुझाएका विज्ञहरूले छन् ।

ईडीसीडीका पूर्वनिर्देशक डा।बाबुराम मरासिनी कर्फ्यु, निषेधाज्ञा, लकडाउनले कोभिड–१९ संक्रमणको अन्त नहुने भएकाले यसका लागि संक्रमितको निर्बाध ओहोरदोहोर रोकिनुपर्छ, संक्रमितको द्रुतगतिमा पहिचान गरी आइसोलेसनमा राखेर उपचार गरेमा मात्र संक्रमण विस्तारमा कमी आउँछ भन्नुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.