अर्थसंस्कृति

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन

केही वर्षयता नेपालको सांस्कृतिक पहिचानका रुपमा रहेको जनै समेत चीनबाट आयात हुन थालेको र यसबाट उद्यामशीलता र परम्परागत पेशा मासिंदै गएको भन्दै आलोचना हुन थालेको थियो ।

हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा नजिकै आइपुुग्दा पुनः सोही विषय बहसमा आएपछि सरकारले अहिलेसम्म चीनबाट जनै आयात भएको कुनै तथ्यांक नरहेको स्पष्ट पारेको छ ।

भन्सार विभागले विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि जनै आयात नभएको स्पष्ट पारेको छ ।

विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो ।

आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ । जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउने र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरि ओम पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ । यसैगरी चालु आर्थिक वर्षको अहिलेसम्ममा १० हजार १८४ केजी धागो आयात भएको उहाँले बताउनुभयो ।

त्यसमध्ये भारतबाट सात हजार १४४ केजी र चीनबाट दुई हजार ९९६ केजी आयात भएको छ । जापानबाट पनि ४४ केजी धागो आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.