राजनीति

भोटेकोशी बाढी : जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।

रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढीको जोखिम रहेको भन्दै रास्वपाले बाढी पूर्वानुमान शाखाको सुझावअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नदी किनार तथा जोखिममा रहेका बस्ती सुरक्षित तथा उच्च स्थानमा सार्न आग्रह गरिएको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि रास्वपाले आग्रह गरेको छ ।

आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० र आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न तथा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।

रसुवाको बाढीपछि प्रधानमन्त्रीको निर्देशन : खोज, उद्धार र राहतलाई तीव्रता

भोटेकोशीको भीषण बाढी, सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.