विश्व समाचार

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख, भारतमा एकैदिन ७५ हजार संक्रमित

विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बिहिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ ।

एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ ।

यसै गरी नेपालको दक्षिण छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले भयावह रुप लिइरहेको छ । भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल सङ्क्रमितमध्ये सात लाख २५ हजार ९९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा कोभिड १९ बाट ६२ हजारभन्दा बढीको मृत्यु

मेक्सिकोमा कोभिड १९ बाट मृत्यु हुने नागरिकको संख्या ६२ हजार नाघेको छ । गएको २४ घन्टामा त्यहाँ यो सङ्क्रमणबाट कम्तीमा पनि ६२६ जनाको ज्यान गएको छ । यससँगै यहाँ मृत्यु हुनेहरुको संख्या ६२ हजार ७६ पुगेको हो । यहाँ सङ्क्रमितको संख्या ५ लाख ७३ हजार ८८८ रहेको छ । यहाँ पछिल्लो २४ घन्टामा यो संख्या ५ हजार २६७ रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.