जन सरोकार

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख दुई हजार सहयोग

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ रु एक लाख दुई हजार ८३ प्रदान गरेको छ ।

शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले राससलाई जानकारी दिनुभयो ।

तनहुँ रेडक्रसले आफू मातहतका पालिका शाखा, उपशाखा तथा जुनियर र युवा रेडक्रस सर्कललाई विपद्का बेला गर्नुपर्ने आफ्नो दायित्वबाट विमुख नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.