राजनीति

भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्‍याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर, देवीघाटलगायत क्षेत्रमा एमालेमा महासचिव शङ्कर पोखरेलसहितको टोलीको स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आइतबार बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले विपद्को समयमा तीनै तहका सरकारको सामथ्र्य प्रभावकारी हुनुपर्नेमा जोड दिँदै विपत्तिका नाममा राजनीतिक लाभ वा श्रेयय लिने प्रयास र होडबाजी नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

महासचिव पोखरेलको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली पठाएर स्थलगत अवस्थाको अध्ययन गरेको बताउँदै उहाँले अब बागमती प्रदेश कमिटीले प्रभावित जिल्लाबीच समन्वय गरेर पार्टीका तर्फबाट राहत, उद्धार र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा एमाले केन्द्रीय कार्यालयमा सम्पर्क केन्द्र स्थापना गरी पार्टीका तर्फबाट राहत तथा पुनःस्थापनाका काममा समन्वय गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.