जन सरोकार

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो ।

न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी तीन हजार ५९६ जनाको हवाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

प्राधिरकणले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार र केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।

त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर–ढिकुरे–चौघडा–आँप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चेसम्म चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको  छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.