जन सरोकार

पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै

काभ्रेको पनौती नगरपालिकाले रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३० लाख उपलब्ध गराउने भएको छ ।

नगरप्रमुख रामशरण भण्डारीले विसं २०८१ असोज दोस्रो सातामा पनौती नगरपालिकाले बाढी तथा पहिरोको पीडा भोगेको स्मरण गर्दै भोटेकोशी बाढी प्रभावितलाई सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दुई वर्षअघि बाढी तथा पहिरोको पीडा भोगेका थियौँ । अहिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडामा सहयोग गर्ने निर्णय गरेका छौँ ।” उहाँका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले उक्त उद्धार कोषमा रु ३० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.