जन सरोकार

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव सोमबार व्यवस्थापन गरिएको छ ।

गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेकामध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव सोमबार अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो । पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीले रसुवालगायत क्षेत्रबाट बगाएर ल्याएका र पहिचान गर्न नसकिने अवस्थाका, सडेगलेका सात वटा शव प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.