राजनीति
बुधबार प्रतिनिधिसभा बैठक, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने
प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने तय भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सदनमा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले भनाइ राख्नुहुने कार्यसूची रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
यसअघि यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात विनाशकारी बाढी आएपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।
भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरु समेत खोज, उद्धार, राहत तथा पुनःस्थापनामासंलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।




प्रतिक्रिया राख्नुहोस्