जन सरोकार

उपरथी थापा र सहायकरथी पहाडीलाई दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हुनुभएका भोलानाथ थापालाई पदोन्नति भएको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा उपरथीको दज्र्यानी प्राप्त गर्नुभएका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.