जन सरोकार

चार करोड नगद र सुनसहित पक्राउ परेका श्रेष्ठको अनुन्धान राजश्वले गर्ने

मंगलबार काठमाडौँ गोंगबुबाट चार करोड २६ लाख नगद र सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठको अनुसऋन्धान आन्तरिक राजश्व विभागले गर्ने भएको छ ।

बुधबार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको जिल्ला प्रहरी परिसरले जनाएको छ

श्रेष्ठलाई मङ्गलबार दिउँसो एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको छ ।

प्रहरीका अनुसार कुल चार करोड २६ लाख ४० हजार पाँच सय नगद, ९ किलो भन्दा बढी सुनका गरगहना र तीन किलो भन्दा बढी चाँदीका गरगहना बरामद गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.