क्रिकेटखेल

एसिसी प्रिमियर कप : मलेसियाद्वारा नेपाल सामू जितको लागि १०४ रनको लक्ष्य

मलेसियामा जारी एसिसी प्रिमियर कपमा घरेलु टोली मलेसियाले नेपाल सामू जितको लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि कप्तान साइद अजिजले ३० रन बनाए भने अकिल वाहीदले २४ रन जोड । त्यस्तै विरानदीप सिंहले १४ र मुहम्मद स्याहदात राम्लीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले चार विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिँदा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपाल आज मलेसियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने योजनामा रहेको छ । नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट उपाधि जित्ने टिमबाट एसिया कपमा छनोट हुनेछन् । एसिया कप २०२७ मा बंगलादेशमा हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.