क्रिकेटखेल

नेपाली बलर चम्किएको खेलमा बहराइनले दियो नेपाललाई जितको लागि ८८ रनको लक्ष्य

कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनबाट जितको लागि ८८ रनको लक्ष्य प्राप्त गरेको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ १५ र मुहम्मद वासिमले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए भने ललित नारायण राजवंशीले तीन विकेट लिँदा करण केसीको भागमा दुई विकेट रह्यो ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् । नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छु ।”

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट उपाधि जित्ने टिमबाट एसिया कपमा छनोट हुनेछन् । एसिया कप २०२७ मा बंगलादेशमा हुँदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.