कुर्सी गयो, सडक पनि गयो !
राजनीतिक दलका जनप्रतिनिधिहरु किन यति धेरै स्वार्थी, नैतिक पतन, अराजक र भ्रष्ट बनेका होलान ? सामाजिक सन्जालमा हेर्दा जनप्रतिनिधिका कामले सर्बसाधारण आजित भैसकेका छन् ।
ठूला नेताहरु त ठूलै भए तिनका गतिविधिमा बोल्ने र उनीहरुलाई सचिन दिने हाम्रो सुझाब उनीहरुका लागि विष हुन्छ । तर स्थानीय तह र सँधै त्यै समाजसित जोडिएर काम गर्ने नेताहरु नि किन यसरी भ्रष्ट र निकम्मा भएका होलान ?
कर्नालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको वडा नं ११ का एमालेका निवर्तमान बडाध्यक्षको कुकृत्य सार्वजनिक हुने गरी वर्तमान एमालेकै वडाध्यक्षले सामाजिक सन्जालमा हालेको सडकको दृष्य हेर्दा एमालेका कार्यकर्ताहरु किन यति बेथिति निम्त्याउन लागि परेका हुन् देख्दै आश्चर्य लाग्यो ।
हिजोका दिनमा आफै वडानं ११ को अध्यक्ष बनेर ५ वर्ष चलाएका र आफ्नो पालामा नै जग्गाको अगाडि सडक खोलेर घडेरी बिक्री गरेर पैशा कमाएका नन्दराम शर्मा यो पटक चुनाव जितेर वडामा आफ्नो रजगज चलाउन नसकेपछि चुनाव हारेको पाँचौ वर्षमा आएर आँफैले बनाएको पिच गर्न अन्तिम चरणमा पुर्याएको बाटो आँफैले डोजर लगाएर भत्काएर तमाशा गरेछि ऐले निवर्तमान वडाध्यक्ष शर्मा मात्र हैन कि ११ नम्बरका सम्पूर्ण एमालेहरु वडाबासीका अगाडि मुख देखाउन नसक्ने अबस्थामा पुगेका छन ।
उता अध्यक्षले बाटो मासेर मैले सडकको जग्गा बेचेको पनि छैन र लगत कट्टि गरेको छैन त्यसैले अब यो बाटो कुनै पनि हालतमा दिन्न भनेछि उनले नै बाटो दिएर जग्गा किनेका मान्छेहरु आफ्नो आवत जाओत गर्ने बाटो नै बन्द गरेका अध्यक्षको ब्यवहारदेखि दिक्क भएका छन् ।
केन्द्रमा वलीले मच्चाएको बितण्डाकै शिखो गरेर स्थानीय स्तरमा नि स्थानीय एमाले नेताहरुले देखाइरहेको ब्यवहारले एमाले जनतामाझ झनझन अलोकप्रिय बन्दै गैरहेको छ ।
वडास्तरमा वडाका प्रतिनिधि र केन्द्रीय स्तरमा केन्द्रीय नेताहरुले मनपरि गर्दै जाने हो भने तिनीहरुका ब्यवहारले एमालेको अस्थित्व झनझन संकटमा परिरहेको छ ।
सत्तामा जान नपाएर तिलमिलाएको एमाले कहिँ सत्तामा पुगेर वितण्डा मच्चाउँदैछ भने कतै सत्तामा जान नपाएको रिसले जनताप्रति ईवि साँधेर आफ्नो कमिनिष्ट स्वभाव प्रदर्शन गरिरहेको छ ।
तर पनि आफ्नै कार्यकर्ताको व्यवहार देखेको नदेख्यै झै गरेर हिँडने एमाले नेताहरु भोलिका दिनमा जनताका अगाडि कसरी जालान गतिविधि देख्नेमा प्रश्न उभिनु स्वभाविक मान्न सकिन्छ ।
त्यसैले तलदेखि माथिसम्मकै एमाले नेताहरु आफ्नो व्यवहार सुधार्नुस यै ११ नं कै घटनाका वरिपरि रहेर कुरा गर्ने हो भने पनि ती निवर्तमान वडाध्यक्षसित घडेरी किनेर बस्नु जग्गा किन्नेले अपराध नै गरेको हो त ?
हैन भने आफू अध्यक्ष हुँदा र घडेरी बिक्री गर्दासम्म आफैले गरेका सबै काम ठिक र कानुनी हुने अनि आफु पदबाट गएछि त्यै काम गैर कानुनि भएको प्रचारबाजी गर्दै सामाजिक सञ्जाल रङ्गाउने यस्ता कार्यकर्तालाई पाटीले कार्बाही नगरेर जनताप्रति नै अन्याय गर्दै जाने हो भने एक दिन एमाले पाटी छाडाहरुको खोर बन्नेछ ।
त्यसैले सुर्खेतका एमाले अध्यक्षमा चेतना फिरोस र आफ्ना कार्यकर्ताको त्यो दम्भप्रति स्वयं पाटीले नि माफी माग्दै जनताप्रति अन्याए हुन नदिने प्रण गर्नु पर्दछ । अन्यथा एमाले दल झनझन छाडा बन्दै जानेछ । पाटी अध्यक्षमा चेतना भया !





प्रतिक्रिया राख्नुहोस्