दुर्गा प्रसाईंद्वारा जेनजी आन्दोलनमा सहभागी हुने घोषणा
मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेनजी’ युवाहरूले सोमबार गर्ने आन्दोलनमा सहभागी हुने घोषणा गर्नुभएको छ । दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफू आन्दोलनमा सहभागी हुने घोषणा गर्नुभएको हो ।
उहाँले देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा आफैं सरिक हुने र गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,भन्दै फेसबुकमा भन्नुभएको छ । त्यस्तै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई धन्यवाद समेत दिनुभएको छ ।
“भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद छ। यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुन: दोहोर्याएको छ, धन्यवाद सबैलाई” प्रसाईंले फेसबुकमा लेख्नुभएको छ ।
जेनजी पुस्ताले सोमबार सरकारले हालै सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार मौलाएको विरोधमा प्रदर्शन गर्न लागेका हुन् ।





प्रतिक्रिया राख्नुहोस्