जन सरोकार

कपिलवस्तुमा लागुऔषधसहित १९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू औषध बाँधेर लैजाने क्रममा लागुऔषधसहित उक्त व्यक्ति पक्राउ परेका हुन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १३ जना पुरुष र छ जना महिला नेपाली नागरिक छन् । सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ । प्रहरीले उक्त अवधिमा गाँजा १३० ग्राम, चरेस पाँच किलो २२५ ग्राम, हेरोइन तीन ग्राम १५० मि.ग्राम र अफिम १० किलो ३६४ ग्राम बरामद गरेको छ ।

नाइट्राभेट १० थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । उहाँले लागुऔषध कारोबारमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिएको बताउनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा पारिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.