जन सरोकार

पत्रकार हुँ भन्दै अवैधरुपमा रकम असुल गर्दै

महेन्द्रनगर बजारमा अवैधरुपमा रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बीसी र सन्तोष भट्टलाई प्रहरीले बिहिबार महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट रकम असुली गरेको आरोपमा पक्राउ गरेको हो ।

दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ । बुधवार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको पसल सञ्चालकले दिन नसक्ने बताए पछि नगद रु २५ हजार र सामान लगेर गएका थिए ।

दुवै जनाको पसल सञ्चालकसँग बार्गेनिङ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ । कैलालीको सुख्खडकी भागरथी धामीसँग विवाह गरेका पसल सञ्चालक अबधेश श्रीवास्तव निकटवर्ती भारतीय बजार वनवसाका बासिन्दा हुन् ।

श्रीवास्तवले श्रीमतीको नाममा पसल दर्ता गरी सञ्चालन गर्दै आएका छन् । अवैध असुलीमा संलग्न दुवै जनालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.