क्रिकेटखेल

पपुवा न्युगिनीविरुद्ध रोहितको अद्र्धशतक

पपुवा न्युगिनीविरुद्ध पहिलो एकदिवसीय खेलमा जित दिलाउन महत्वपूर्ण योगदान दिएका रोहित पौडेलले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अद्र्धशतक प्रहार गरेका छन् ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले प्रारम्भिक ब्याट्सम्याद कुशल भुर्तेल र आसिफ शेखलाई दोहारो अंक नबनाउँदै गुमाएको नेपालको पारी कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले सम्हालेका थिए ।

कप्तान मल्ल रन बनाएर आउट भए भने रोहितले सम्हालिएको पारी खेल्दै अद्र्धशतक पूरा गरेका हुन् । गत बुधबार सम्पन्न पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो ।

आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.