राजनीति
एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्नुभएको छ । गत वर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनका गर्न आज उहाँ त्यहा जानुभएको हो ।
सो अवसरमा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आज विमोचन गरिएको छ ।
लेखक शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गर्नुभयो । शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गर्नुभयो ।
पुस्तकमा २०८२ भदौ २३ गतेदेखि यही भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबीच आफूहरूले भोगेको अवस्थालाई समेटिएको छ ।





प्रतिक्रिया राख्नुहोस्