जन सरोकारस्वास्थ्य

सङ्क्रमणको घट्दो दर- नौ सय ९४ सङ्क्रमित

अहिलेसम्म एक करोड नौ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

नेपालमा कोरोना भाइरस सङ्क्रमण तीब्ररुपमा घट्दै गएको छ । केही दिनयता एक हजारभन्दा बढी रहने गरेकोमा शनिबार त्यसबाट पनि घटेर नौ ९४ जनामा झरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित क्वारेन्टिनमा छन् ।

मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button