जन सरोकार

सानीभेरी जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ ।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका-१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी-६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार थप दुई जना घाइतेलाई लिन हेलिकप्टर आउँदैछ ।

अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिम्लीमा उपचार भइरहेको छ । “जिपमा चालकसहित १३ जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको छ ।

यसअघि ११ जना सवार रहेका भन्ने प्रारम्भिक शोधपुछका क्रममा सूचनामा प्राप्त भएकामा अनुसन्धानलाई तीव्र बनाउँदै सम्बन्धित निकायमा शोधपुछ गर्दा यात्रुको सङ्ख्या १३ रहेको जानकारी पाएका छौँ”, प्रहरी नायब उपरीक्षक पौडेलेले भन्नुभयो । उहाँका अनुसार जिपमा सवार सबैको पहिचान भने अझै खुलेको छैन ।

सानीभेरी गाउँपालिका-६ को कोटगाउँबाट सानीभेरीकै सिम्लीतर्फ आइरहेको लु१च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटना भएको थियो । जिप सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.