क्रिकेटखेल

एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका अन्य सदस्यमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.