स्वास्थ्य

डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।

रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिनुभयो । यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।

सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उहाँले भन्नुभयो । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.