अर्थ

जिडिपीको ४५ प्रतिशत पुग्नलाग्यो मुलुकको ऋण

नेपालको सार्वजनिक ऋणभार कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४५ प्रतिशत हाराहारी पुगेकको छ । चालू आर्थिक वर्षको भदौ मसान्तसम्मा सार्वजनिक २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को आधारमा सार्वजनिक ऋण ४४.९२ प्रतिशत पुगेको छ। यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत रहेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।

गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमाथि ठूलो भार थपिएको जनाइएको छ।

सरकारले दुई महिनामा ७९ अर्ब १५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ। यसमध्ये ७० अर्ब आन्तरिक ऋण र ९ अर्ब १५ करोड बाह्य ऋण प्राप्त भएको छ।

भदौ महिनामा भने विनिमय दरमा आएको उतारचढावले मात्रै ५५ अर्ब २३ करोड रुपैयाँ दायित्व थपिएको छ, जसले गर्दा सार्वजनिक ऋण ह्वात्तै बढेको जनाइएको छ ।

सोही अवधिमा सरकारले ६५ अर्ब ७ करोड रुपैयाँ ऋण भुक्तानी पनि गरेको छ। यसमा आन्तरिक ऋणतर्फ ५६ अर्ब ४० करोड र बाह्य ऋणतर्फ ८ अर्ब ६७ करोड साँवा भुक्तानी गरिएको छ।

ब्याजतर्फ भने आन्तरिक ऋणमा ११ अर्ब २७ करोड र बाह्य ऋणमा २ अर्ब ३२ करोड खर्च भएको छ। सार्वजनिक ऋण सेवामा यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ।

चालु आर्थिक वर्षमा तत्कालीन सरकारले घाटा बजेट पेश गर्दै ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.