जन सरोकार
पोखरामा स्कुल बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, १४ जना घाइते
पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ ।
दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।




प्रतिक्रिया राख्नुहोस्