जन सरोकार

मोतीपुर झडप : गोली लागेका चारजनाको मृत्यु

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकामध्ये चारजनाको मृत्यु भएको छ ।

गोली लागेर घाइते भएकामध्ये तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिएका छन् ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थिति तनावपूर्ण भएपछि परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । आइतबार चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.