फूटबल
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न लिगको अन्तिम खेल बंगलादेशसँग बराबरी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।
यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो । अब नेपालले शनिबार फाइनल खेल्नेछ । फाइनलमा भारत र माल्दिभ्समध्ये एकसँग भिड्नेछ । भारत र माल्दिभ्सको खेलबाट फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
प्रतिक्रिया राख्नुहोस्