अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटको चर्चा गर्दा सर्वाधिक उच्चारण गरिने नाम हो सन्दीप लामिछाने । कलिलै उमेरमा उत्कृृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीदेखि विश्वका चर्चित लिगहरु खेलेका सन्दीप नेपालका भरपर्दा बलर हुन् ।
आईपिएलदेखि बिगबास, सिपिल, बिबिएल जस्ता लिगमा सनसनी मच्चाएका सन्दीप नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी हुन् । उनका नाममा अनेक कीर्तिमान बनेका छन् र उनी कुनै पनि बेला खेललाई आफ्नो पक्षमा ल्याउने तागत राख्दछन् ।

हिजो अर्थात् असोज २७ गते सोमबार राति ओमानमा जारी आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत कतारबिरुद्धको खेलमा सन्दीपले आफ्नो अनुभावको पूरा सदुपयोग गर्दै ५ विकेट लिए । गुमिसकेको खेल नेपालको पक्षमा पार्दै सनसनीपूर्ण जित दर्ता गराए ।

कतारबिरुद्धको जित केवल एउटा जित मात्र नभएर सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी २० विश्वकपको ढोका खोल्ने एउटा आधार पनि थियो । खेलको अन्तिम ओभरमा २ कतारको दुई विकेट लिएर सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेट पूरा गरेका छन् ।

सन्दीपका यो उपलब्धि अन्य कुनै पनि नेपाली बलरले भेटेका छैनन् । सन्दीप यो उपलब्धी हासिल गर्ने पहिलो नेपाली बलर बनेका छन् । सन्दीपको नाममा २ सय ५४ अन्तर्राष्ट्रिय विकेट छ ।
सन्दीप नेपालका लागी टी ट्वान्टी आई र ओडीआईमा सर्वाधिक विकेट लिने बलर हुन् । टी २० आईमा सन्दीपले ६५ खेलको समान इनिङ्समा १ सय २७ विकेट लिएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रियको ६२ खेलको ६० इनिङ्समा १ सय २७ विकेट लिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्