जन सरोकार
बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष देवीराम शर्माले राससलाई जानकारी दिनुभयो ।
त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र सङ्घका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।




प्रतिक्रिया राख्नुहोस्