संस्कृति

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो । किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए । राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप हुनुभएको जनविश्वास छ ।

राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिनुभएको किंवदन्ती छ । यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.