अवदेखि स्नातक तहका प्रश्नपत्र अङ्ग्रेजी र नेपाली भाषामा
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अङ्ग्रेजी भाषामा तयार गर्ने भएको छ ।

त्रिविले सोमबार शिक्षा मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसारको तयारी गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई उक्त निर्णयबारे जानकारी गराएको हो ।
त्रिविका अनुसार पहिलो चरणमा शिक्षाशास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गतेको बसेको बैठकबाट आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय निर्णय गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्