जन सरोकार

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ ।

कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो ।

कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.