राजनीति

रअका प्रमुखसंगको भेटवार्ताको विवरण सार्वजनिक गर्न पूर्व राजदूत उपाध्यायको आग्रह

नेपाली काँग्रेसका नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखले गरेको भेटवार्ताबारे विवरण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन, कपिलवस्तुले बिहिबार आयोजनामा गरेको पत्रकार भेटघाटमा नेता उपाध्यायले रअ प्रमुखले नेपालको अन्तररााष्ट्रिय हैसियत र कूटनीतिमाथि नै प्रश्न उठ्ने गरी राजनीतिक तहको भेटघाट गर्नु गम्भीर विषय भएको टिप्पणी गर्नुभयो ।

यही कात्तिक ६ गते प्रधानमन्त्री ओलीसँग नेपाल भ्रमणमा आएका रअका प्रमुख सामन्तकुमार गोयलले भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.