राशिफल

आजको राशिफल – २०८३ कार्तिक १३ गते शुक्रबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
सहयोगीहरूको साथले चिताएका कार्यहरू सहजै सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष सफलता हात लाग्नेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा केही व्यस्तता रहे पनि समग्रमा धन आर्जन प्रशस्तै हुनेछ र प्रतिस्पर्धीहरू परास्त हुनेछन्।

आजको राशिफल

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
अनुकूल अवसर प्राप्त भए पनि समयको सुझबुझ अभावले पछि परिनेछ। अरूको आलोचना गर्ने बानीले साख गिर्न सक्छ, असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा अपेक्षित समय दिन नसकिए तापनि शुभचिन्तकहरूको सल्लाहलाई आत्मसात् गर्न सके व्यापारमा सामान्य लाभ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
आँट र पराक्रमको अभावले व्यावहारिक कार्यहरूमा केही पछि परिनेछ। अरूको भर पर्ने बानीले अधुरा कामहरू अझ लम्बिन सक्छन्। यद्यपि, आफ्ना विगतका कमजोरीहरूलाई सुधार गर्ने सुवर्ण अवसर जुर्नेछ। बुद्धिको प्रयोगले ढिलै भए पनि काम बन्नेछ, पुनः प्रयास गर्दा सफलता मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आर्थिक लगानी बढाउने अवसर प्राप्त हुनेछ। दीर्घकालीन योजनालाई मूर्त रूप दिन ऋण वा सहकार्यको बाटो अपनाउनुपर्ने हुन सक्छ। केही दौडधुप र व्यस्तता रहे पनि यात्रा उपलब्धिमूलक रहनेछ। आफन्तजनको साथ र प्रेरणाले नयाँ आशाको सञ्चार गराउनेछ। फजुल खर्च कम गर्नु्हाेला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
दैनिक आवश्यकताहरू सहजै परिपूर्ति हुनुका साथै मिहिनेतको उच्च कदर हुनेछ। आम्दानीका स्रोतहरू बढ्नाले मनमा उत्साह जाग्नेछ। व्यापार तथा व्यवसायमा प्रगति हुनुका साथै रोकिएका तमाम कामहरूले पूर्णता पाउनेछन्। विरोधी तथा छिद्रान्वेषीहरूबाट भने सजग रहनु बुद्धिमानी हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
प्रतिष्ठित व्यक्तिसँगको सहकार्यले कार्यक्षेत्रमा नयाँ आयाम थपिनेछ। लाभदायक कार्यको थालनी हुनेछ भने विशेष भेटघाटले ऊर्जा बढाउनेछ। मिहिनेत र परिश्रमले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुनुका साथै तारिफयोग्य काम सम्पादन गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
धर्म र परोपकारतर्फ झुकाव बढ्नाले मानसिक शान्ति प्राप्त हुनेछ। अनायासै रोकिएका कामहरू बन्नाले मनमा विशेष उत्साह जाग्नेछ। सानो प्रयत्नले पनि ठaला उपलब्धि हासिल गर्न सकिनेछ। सामाजिक क्षेत्रमा ख्याति बढ्ने र एउटै माध्यमबाट दोहोरो लाभ मिल्ने शुभयोग छ, मिहिनेत गर्नुहाेला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
कार्यक्षेत्रको अत्यधिक व्यस्तताले शरीरमा थकान र कमजोरीको अनुभूति गराउनेछ। गोपनीयता भङ्ग हुँदा केही कामहरू दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्यका दृष्टिकोणले खानपानमा विशेष सावधानी अपनाउनुहोला। कठिन परिस्थितिमा पनि शुभचिन्तकहरूको साथ र हौसला प्राप्त भइरहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
भविष्यका लागि नयाँ अवसर खोजी गर्ने अनुकूल समय छ। पेसा तथा व्यवसायमा उन्नति हुनुका साथै आम्दानीका स्रोतहरू फराकिला बन्नेछन्। विभिन्न भौतिक साधनहरू जोडिनेछन् भने रमाइलो यात्राको अवसर जुट्न सक्छ। दाम्पत्य जीवन सुखद बन्नुका साथै प्रियजनसँगको भेटले दिन रमाइलो बनाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
विगतका सफलताहरूले थप हौसला र ऊर्जा प्रदान गर्नेछन्। कडा परिश्रम गर्नुपरे पनि भविष्यका लागि बलियो आधार तयार पार्ने सुवर्ण अवसर छ। शत्रुहरू आफैँ परास्त हुनेछन् र रोगव्याधिबाट मुक्ति मिल्नेछ। अदालत वा वादविवादसँग सम्बन्धित मामिलाहरूमा तपाईंको पक्ष बलियो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
अध्ययन तथा अध्यापनको क्षेत्रमा उत्कृष्ट नतिजा हात लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनुका साथै प्रतिष्ठित कार्यहरू सम्पादन हुनेछन्। सेवामूलक कार्यबाट धनलाभ हुनुका साथै स्वास्थ्य सबल रहनेछ। कृषि तथा पशुपालन क्षेत्रबाट समेत अपेक्षानुसारको राम्रो लाभ लिन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
कार्यविधि नमिल्दा केही महत्त्वपूर्ण कामहरू दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यावसायिक साझेदारहरूसँगको असमझदारीले पुराना सम्झौताहरू प्रभावित हुन सक्छन्। संयमित वचनले अप्रिय परिस्थितिबाट बचाउनेछ। घरायसी आवश्यकता बढ्नाले सामान्य आर्थिक दबाब महसुस हुन सक्छ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.