आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँगको त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गतको खेलमा अमेरिकाले टस जित्दै नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको छ ।
खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आज नेपालले अमेरिकासँग जारी सिरिजमा दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपालले अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो । सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईको सहभागिता रहेको छ ।
नेपाल आज अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने यता अमेरिका पनि नेपाललाई दोस्रो पटक पनि पराजित गर्ने सुरमा रहेको छ ।
अमेरिकाले पहिलो खेलमा नेपाललाई र दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।
नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १८ खेलमा पाँचमा जित तथा दशमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।
त्यस्तै हालसम्म १८ खेल खेलेको युएई भने चारमा जित र १४ हारसहित आठ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । यस्तै अमेरिका हालसम्म खेलेका २२ खेलमध्ये १६ मा जित र छमा हारका साथ ३२ अङ्क जोडेदै शीर्ष स्थानमा स्थानमा रहेको छ ।
				
					



प्रतिक्रिया राख्नुहोस्